भारतलाई हराएपछि साम्बाले भनिन्’ नेपाली दर्शकको समर्थनलाई धन्यवाद’

भारतलाई हराएपछि साम्बाले भनिन्’ नेपाली दर्शकको समर्थनलाई धन्यवाद’

काठमाडौँ : साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गरेपछि नेपाली खेलाडी सावित्रा भण्डारी साम्बाले नेपाली दर्शकहरुलाई धन्यवाद दिइन्।

भारतलाई दुई पटक मात्र हराएको भन्दै दर्शकहरूको समर्थनका कारण खेलमा फर्किन सम्भव भएको र जित निकाल्न सकिएको उनले बताइन्। उनले अस्वस्थ रहेका टिमका खेलाडीहरूलाई जित समर्पित गर्दै चाँडै निको भएर मैदानमा आउने विश्वास समेत व्यक्त गरिन्।

खेलको समयमा केही तनाव भए पनि समाधान भएको र विवादमा नेपाली दर्शकहरुले साथ दिएको र नेपाली महिला टिमलाई सधैँ साथ दिने गरेको भन्दै उनले सबै समर्थकहरूलाई धन्यवाद दिएकी थिइन्।

कात्तिक १०, २०८१ आइतबार २२:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।