पहिलो गोलको मान्यता नपाएको बदलालिँदै नेपाल पुग्यो फाइनलमा, भारत पराजित

पहिलो गोलको मान्यता नपाएको बदलालिँदै नेपाल पुग्यो फाइनलमा, भारत पराजित

काठमाडौँ : साफ माहिला च्याम्पियनसिप-२०२४ को नेपाल-भारतबीचको सेमिफाइनलको खेल नेपालले जितेको छ। निर्धारित समय १-१ गोलमा टुङ्गिएपछि खेल पेनाल्टीबाट निर्णय भएको थियो। नेपालले ४-२ ले जितेर फाइनलमा प्रवेश गरेको हो।

पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन। दोस्रो हाफमा भारतले एक गोल गरेर अग्रता लिएको केही समयमै नेपालले समेत गोल फर्कायो।

तर रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि विवादका कारण दशरथ रङ्गशालामा तनाव भएर खेलै रोकिएको थियो। नेपालले प्रारम्भमा विरोध गरे पनि पछि सहमत भएपछि खेल पुन सुरु भएको थियो। रोकिएको खेल सुरु भए लगत्तै नेपाली खेलाडी सावित्रा भण्डारी साम्बाले गोल फर्काइन्।

नेपाली फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकाले नेपाली टिम १० खेलमा समेटिएको छ। दोस्रो हाफमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुग्यो र भारतका दुई खेलाडी गोल गर्नबाट चुकेपछि नेपाल फाइनलमा प्रवेश गर्यो। अब फाइनलमा नेपालको भेट बङ्गलादेशसँग हुनेछ।

भारत प्रतियोगितामा पाँच पटक विजेता भइसकेको छ। सेमिफाइनलका अधिकांश खेल नेपाल-भारतबीचहुँदा नेपाल पराजित हुने गरेको थियो।

कात्तिक १०, २०८१ आइतबार २२:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।