शेर्पा एडभेञ्चर गियर नेपाललाई एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि

शेर्पा एडभेञ्चर गियर नेपाललाई एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि

काठमाडौँ : शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

शनिवार गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगिता शेर्पा एड्भेन्चरले जितेको हो। यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि पाएको हो। विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन्।

मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए।

उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन्। लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे।

व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन्। यस्तै प्रवीण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे।

विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार दिएका थिए।

एनसेलले प्रतियोगिताकी लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ।

एनसेलले हरेक टिमबाट सङ्कलन गरेको प्रवेश शुल्कको कुल सङ्कलित रकममा थपेर रु ३० लाख बनाएर सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ।

यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसन किट उपलब्ध गराउन प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए।

‘हाम्रो सामूहिक प्रयासको प्रभावले शिक्षा र समुदायको विकासमा सहयोग प्याउने विश्वास छ,’ जाब्बोरले भने।

प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो।

कात्तिक १०, २०८१ आइतबार २१:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।