पहिलो गोलले मान्यता नपाए पनि नेपालले फर्कायो गोल, अंक भयो बराबर

पहिलो गोलले मान्यता नपाए पनि नेपालले फर्कायो गोल, अंक भयो बराबर

काठमाडौँ : विवादका कारण रोकिएको साफ माहिला च्याम्पियनसिप-२०२४ को नेपाल-भारतबीचको सेमिफाइनलमा नेपाली टिमले भारतविरुद्ध गोल फर्कायो।

पहिलो गोलले मान्यता नपाउँदा दशरथ रङ्गशालामा तनाव भएर खेलै रोकिएको थियो। नेपालले प्रारम्भमा विरोध गरे पनि पछि सहमत भएपछि खेल पुन सुरु भएको थियो। रोकिएको खेल सुरु भए लगत्तै नेपाली खेलाडी साम्बाले गोल फर्काइन्।

खेलको दोस्रो हाफमा भारतले गोल गरेर खेलमा अग्रता लिएको थियो। नेपालले तत्काल गोल फर्कायो। पहिला रेफ्रीले गोलको मान्यता दिए पनि पछि रद्द गरेपछि विवाद भयो।

विवादका कारण खेल सुरु हुन सकेको छैन। नेपाली फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकाले नेपाली टिम १० खेलमा समेटिएको छ।

कात्तिक १०, २०८१ आइतबार २१:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।