शुक्रबार ०७ मंसिर, २०८१
नेपालको गोलको विवादले रङ्गशालामा तनाव
काठमाडौँ : साफ माहिला च्याम्पियनसिप-२०२४ मा नेपालले भारतविरुद्ध गरेको गोलले मान्यता नपाएपछि दशरथ रङ्गशालामा तनाव भएको छ। नेपाल र भारतबीचको सेमिफाइनलमा नेपालले भारतको पोस्टमा हानेको गोलको मान्यताबारे विवाद भएको हो।
खेलको दोस्रो हाफमा भारतले गोल गरेर खेलमा अग्रता लिएको थियो। नेपालले तत्काल गोल फर्कायो। पहिला रेफ्रीले गोलको मान्यता दिए पनि पछि रद्द गरेपछि विवाद भयो।
विवादका कारण खेल सुरु हुन सकेको छैन। नेपाली फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकाले नेपाली टिम १० खेलमा समेटिएको छ।
कात्तिक ११, २०८१ आइतबार २०:५४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।