अमेरिकी पेस्तोलसहित रानीवनमा फेला परे २५ वर्षीय अनिल

अमेरिकी पेस्तोलसहित रानीवनमा फेला परे २५ वर्षीय अनिल

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले पेस्तोलसहित अनिल खड्कालाई पक्राउ गरेको छ। दैलेखका उनी काठमाडौँ महानगरपालिका–१६ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचना आएपछि उनको खोजी सुरु गरिएको थियो। उनी शनिवार राति करिब ९ बजेतिर रानीवनमा फेला परेपछि पक्राउ गरिएको थियो।

प्रहरीले उनको साथबाट यूएसए ६५ एनओ १ लेखिएको अमेरिकी पेस्तोल फेला पारेको जानकारी दिएको छ। उनको साथबाट म्यागजिन समेत  बरामद भए पनि गोली भने फेला परेको छैन।

प्रहरीले उनलाई हिरासतमा राखेर उनको पृष्ठभूमि र संलग्न अपराधहरूबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ। उनी प्रहरी बृत्त स्वयम्भूको हिरासतमा छन्।

कात्तिक १०, २०८१ आइतबार १३:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।