सुनको भाउले बनायो नयाँ रेकर्ड

सुनको भाउले बनायो नयाँ रेकर्ड

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रूपैयाँ तोकेको छ।  

आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो। यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। 

शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ। 

कात्तिक १०, २०८१ आइतबार ११:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।