पोखराबाट आजदेखि काठमाडौं सर्यो रास्वपाको सरकारविरूद्धको विरोध प्रदर्शन

पोखराबाट आजदेखि काठमाडौं सर्यो रास्वपाको सरकारविरूद्धको विरोध प्रदर्शन
फाइल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्दै छ।

सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

शनिबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्षसहित सरकारको गलत कदमको विरोधस्वरूप प्रदर्शन जारी राख्ने निर्णय गरेको छ।

अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यबाहक प्रवक्ता झाले बताए।

त्यसअघि पोखरामा विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आजदेखि राजधानीलक्षित प्रदर्शन सुरू गरेको हो। 

कात्तिक १०, २०८१ आइतबार १०:४२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।