विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग खेल्दै

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ।

नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो। नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ। 

नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे सुरू हुनेछ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँग दुई खेल र स्कटल्याण्डसँग दुई खेल खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ।

नेपालले हालसम्म आठ खेल खेल्दा एक मात्र खेलमा जित हात पारेको छ, त्यसमा तीन अंक बटुल्न सफल भएको छ।

आईसीसी वल्ड कप लिग–टू मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छन्। नेपाल हाल लिग-२ अंक तालिकामा सातौं स्थानमा छ।

क्यानडा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा छ। स्कटल्याण्ड भने चौथो स्थानमा रहेको छ।

क्रिकेट संघ नेपाल (क्यान) ले यो सिरिजका लागि नियमित कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको छ।

अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलसन झा र रिजान ढकाल रहेका छन्। 

कात्तिक १०, २०८१ आइतबार १०:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।