इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो संलग्नता नरहेको अमेरिकाको दाबी, इरानलाई दियो चेतावनी

इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो संलग्नता नरहेको अमेरिकाको दाबी, इरानलाई दियो चेतावनी

एजेन्सी : संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न चेतावनी दिएको छ।
 
'हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले भने। 
 
इजरायली सेनाले शनिबार इरानविरूद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ।

'उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरूलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो, उनले भने। 

इजरायलले इरानमा गरेको आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको दाबी गर्दै साभेटले भने, 'मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो।'  

कात्तिक १०, २०८१ आइतबार १०:०६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।