डेनिला कार्कीले जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

डेनिला कार्कीले जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि
तस्बिर : गोपिकृष्ण चापागाईं

काठमाडौं : विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्। शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा उनलाई विजेता घोषणा गरियो।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले  विजेता कार्कीलाई पुरस्कार प्रदान गरे। यो उपाधिसँगै कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउने छिन्।

मिसेस नेपाल इन्टरनेशनल सुयशा राउत, एमएस नेपाल इन्टरनेशनलको उपाधि रेश्मा घिमिरेले जिते। यी दुई विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक रिबन इन्टरटेनमेन्टले जनाएको छ।

प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए।   

कात्तिक १०, २०८१ आइतबार ०९:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।