साफ महिला च्याम्पियनसिपमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

साफ महिला च्याम्पियनसिपमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौं : काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरू हुँदैछन्।

सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।

दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो।

अघिल्लो संस्करणहरूमा चार पटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको थियो।

त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो।

नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।

समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। 

नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो। 

कात्तिक १०, २०८१ आइतबार ०८:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।