कमेडी दरबारमा दाजु-बहिनीको सेक्स संवाद, पवित्र सम्बन्धमाथि विक्कीको घिनलाग्दो मजाक

कमेडी दरबारमा दाजु-बहिनीको सेक्स संवाद, पवित्र सम्बन्धमाथि विक्कीको घिनलाग्दो मजाक

काठमाडौँ : रोस्ट शो ‘आम्मा कस्सम याँ दुख्छ’ ले प्रशंसा भन्दा गाली बढी ल्याएपछि विक्की अग्रवालले फ्लेवर बदल्दै कमेडी दरबार कार्यक्रम ल्याए।

‘आम्मा कस्सम याँ दुख्छ’ शो चलाउनकै लागि उनी सस्तो सेक्स जोक्स अनि डबल मिनिङका डायलग टन्नै राख्थे। त्यसले कमेडी शोलाई सेक्स शो जस्तै बनाएको थियो।

विशाल भण्डारीको कमेडी क्लव विथ च्याम्पियन बन्द रहेको, मुद्रे ‘मुन्द्रेको कमेडी क्लव’ बन्द गरेर फिल्मतिर केन्द्रित भएको अवस्थामा आएको कार्यक्रम छोटो समयमै लोकप्रिय पनि भयो।

कलाकारको चयन अनि कन्टेन्टको सवालमा कमेडी दरबार पहिलाको भन्दा स्तरीय देखिँदै आएको थियो। छोटो समयमै शो लोकप्रिय पनि भयो।

कहिलेकाहीँ डबल मिनिङ पनि पाच्य हुनसक्छ। तर त्यसमा टाइमिङ र क्यारेक्टर महत्त्वपूर्ण हुन्छ नै। उनले बिच बिचमा छ्यास्सछुस्स डबल मिनिङका डायलग घुसाए पनि क्यारेक्टर अनुसार राखेका थिए।

तर नवौँ एपिसोडमा विक्की क्यारेक्टर बाहिर गएर असुहाउँदो डबल मिनिङको सेक्स कन्टेन्टतिर लागे। नवौँ एपिसोडमा फिल्म एक्टरका कलाकार आएका थिए फिल्म प्रमोसनका लागि। फिल्म तिहारमा रिलिज गर्ने तयारी स्वरूप यो एपिसोड खिचिएको देखिन्छ।

तर फिल्म निर्माण टिमले रिलिज मिति सारिसकेको छ। पूर्णबहादुरको सारङ्गी एकल रिलिज हुँदै छ लक्ष्मी तिहारमा। टिमले रिलिज मिति सारे पनि प्रमोसन एपिसोड रोकेन निर्माण टिमले। देखायो।

तिहारको माहौल सुरु भइसकेकाले होला नवौँ एपिसोडमा नम्रता सापकोटा अनि उत्सव सापकोटा दाजु बहिनीको क्यारेक्टरमा स्टेजमा आएका थिए। तर भद्दा डबल मिनिङको सेक्स संवाद लिएर।

तिहारमा भेट्न आएकी बहिनी र दाजुको संवादलाई हाँस्यरस दिने चक्करमा सेक्स संवाद गराए स्टेजमा।  

संवाद यस्तो छ :

दाजु : तिमी खुसी त छौ नि हैन ज्वाइँसँग।

बहिनी : खुसी नभएको कहाँ तीन तीन वटा बच्चा हुन्थे त।

दाजु : यो त अति खुसी रैछ त।

बहिनी : तपाईँ पनि भाउजूसँग खुसी हुनुहुन्छ नि।

दाजु : खुसी त छु तर खै एउटै बच्चा छैन।

बहिनी : पख्नुस् दाइ अब टेन्सन नलिनुस्, मैले मसलामा टन्न काजु मिसाएर ल्याइदिएको छु।

तिहारमा माइती आएकी बहिनीलाई कस्तो छ भनेर सोध्दा खुसीसँग लगेर सेक्सको डबल मिनिङका जोड्नु यो सम्बन्धको घिनलाग्दो चरित्र चित्रण हो। यो स्वीकार्य कन्टेन्ट पक्कै हैन।

शो नचलेको पनि हैन, चलेकै छ। प्रतिस्पर्धी पनि छैनन् अहिले अन्य कुनै टेलिभिजनमा। कलाकारको चयन ठिकै देखिन्छ शोको।

यस्तो बेलामा यस्ता आपत्तिजनक कन्टेन्ट राखेर चलिरहेको शोलाई ओरालो लगाउन किन रहर लागेको होला विक्कीलाई।

कात्तिक ९, २०८१ शनिबार २१:५९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।