रास्वपाले राजनीतिक-नागरिक संवादका लागि उपसभापति वाग्लेलाई अघि बढायो

रास्वपाले राजनीतिक-नागरिक संवादका लागि उपसभापति वाग्लेलाई अघि बढायो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक-नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। 
 
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ। 

पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका हिरासतमा भएको बेला रास्वपाभित्रै उपसभापतिद्वय वाग्ले र डिपी अर्यालमध्ये कसले नेतृत्व गर्ने भन्ने बहस हुन थालेको छ। यसैबीच राजनीतिक-नागरिक संवादका लागि रास्वपाले उपसभापति वाग्लेलाई अघि बढायो।  

कात्तिक ९, २०८१ शनिबार २१:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।