हिउँ पर्ने ठाउँमा बाटो खोल्दा नुन छर्नुपर्ने भएकाले सेता हिमाल काला हुन्छन् : प्रधानमन्त्री

हिउँ पर्ने ठाउँमा बाटो खोल्दा नुन छर्नुपर्ने भएकाले सेता हिमाल काला हुन्छन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताएका छन्।

शनिबार राष्ट्रिय जलवायु सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताए।

उनले भने, ‘प्रकृति परिवर्तन भइरहन्छ, प्रकृति कहिले स्थिर रहँदैन। मान्छेले बनाएर जुन बिगारेको कुरा छ त्यसले वातावरणमा आएको क्षति मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको स्टिमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा हाम्रोमा न विकास भएको छ न त वातावरण नै  बिग्रेको छ।’

विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने उनको तर्क छ। 

‘स-साना पार्टिकल्स धुँवामा उड्छन्। ति पार्टिकल्स नुनिला पनि हुन्छन्। धुँवा र ति पार्टिकल्स दुईटै सँगै  भएपछि हिमालमा ठोकिन्छ र हिउँ पग्लिन्छ। हिउँ पर्ने ठाउँहरूमा बाटा खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ। जब बाटाहरू नुन छरेर खोलिन्छ तब एकैचोटी एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ? त्यसपछि सेता हिमाल काला भइहाल्छन्। त्यहीँ भएर जलवायु सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ,’ उनले थपे। 

प्रधानमन्त्री ओलीले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए। 

कात्तिक ९, २०८१ शनिबार २१:४६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।