सामान्य विवादमा खुकुरीले हानेर छिमेकीको हत्या, आरोपी महिला पक्राउ

सामान्य विवादमा खुकुरीले हानेर छिमेकीको हत्या, आरोपी महिला पक्राउ

सङ्खुवासभा : सङ्खुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरीमा भीमबहादुर गुरूङको हत्या भएको छ। 

सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरूङले आज हत्या गरेको डिएसपी दक्षकुमार बस्नेतले बताए।  

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ। 

उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको डिएसपी बस्नेतले जानकारी दिए।   

कात्तिक १०, २०८१ शनिबार २०:०६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।