प्रचण्डले ओलीलाई भने 'भाटभटेनीको शेयरहोल्डर अनि भ्रष्टाचारी पनि तपाईं हुनुहुँदो रहेछ भन्ने क्लियर गरिदिनुभयो'
काठमाडौं : एमालेले भाटभटेनेका संचालक मीनबहादुर गुरूङसँग जग्गा दान लिएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित सरकारविरूद्ध खबरदारी कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीले गुरूङसँग जग्गा लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको भन्दै धन्यवाद दिए।
उनले भने, ‘यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए। मैले होइन भन्छु, पत्याउने कसैले होइन। प्रचण्डकै हो भनेको छ, हिँडेको छ। हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए। म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर। अहिले केपीजीले क्लियर गरिदिनुभयो। धन्यवाद छ।’
अध्यक्ष प्रचण्डले भाटभटेको शेयरहोल्डर पनि एमाले अध्यक्षसमेत रहेका ओली नै रहेको प्रमाणित भएको बताए।
‘त्यसको शेयरहोल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं नै रहेछ भन्ने क्लियर गरिदिनुभयो। मैले बोल्नै परेन। तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो। तपाईंलाई धन्यवाद! अब यो प्रचण्डको होइन भन्ने भयो। म खुशी छु,’ उनले भने।
कात्तिक १०, २०८१ शनिबार १९:२९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।