सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने राष्ट्र बैंकको तयारी, खरिद गर्न नागरिकता अनिवार्य

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने राष्ट्र बैंकको तयारी, खरिद गर्न नागरिकता अनिवार्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरू गर्ने भएको छ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३ र १४ गते सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो।

बैंकले सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दर मंगलबार १ दिन मात्र बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्न ४ः०० बजेसम्म बिक्री गरिने जनाएको छ।

बैंकका अनुसार चाँदीको स्मारिका तथा मेडालियन भोलिदेखि १४ सम्म बिहान ११ बजेदेखि मध्यान्ह ४ः०० बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म खरिद गर्न सकिने छ। जसमा  गाई अंकित २५ ग्राम गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट) बिक्री गरिने छ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिकता वा त्यो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनु पर्नेछ।

असर्फी तथा मेडालियन खरिदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ। यस्तै, चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ।

२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ। १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ। २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ।

१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

कात्तिक ९, २०८१ शनिबार १७:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।