सरकारले जनतालाई भोकै मर्न अनि गरिबीबाट तड्पिन दिँदैन : प्रधानमन्त्री ओली

सरकारले जनतालाई भोकै मर्न अनि गरिबीबाट तड्पिन दिँदैन : प्रधानमन्त्री ओली
फाइल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाली कांग्रेस र एमालेसहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए।

सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरू पूर्ण कटिबद्ध भएको बताए। 

'हामी केही गर्दैछौं। जनतालाई भोकै मर्न दिँदैनौं। गरिबीबाट तड्पिन दिँदैनौं। जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो, उनले भने।  

कात्तिक १०, २०८१ शनिबार १७:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।