२००७ सालपछिका सरकारहरूमध्ये प्रचण्ड नेतृत्वले ऐतिहासिक काम गर्यो : नारायणकाजी श्रेष्ठ

२००७ सालपछिका सरकारहरूमध्ये प्रचण्ड नेतृत्वले ऐतिहासिक काम गर्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं : माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि बनेको कुनै सरकारले नगरेको काम माओवादीको सरकारले गरेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा पार्टीले गरेको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा माओवादी सरकारले ल्याएको बताए।

उनले भने, ‘हामीले भ्रष्टाचारकोविरूद्व ठूलो अभियान सञ्चालन गर्यौं। ठगीकाविरूद्व ठूलो अभियान सञ्चालन गर्यौं। राज्यलाई लुट्नेहरूका विरूद्व ठूलो अभियान गर्यौं। हामी दावाका साथ भन्न सक्छौँ देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम माओवादीको सरकारले गर्यो।’

उनले भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्याएको दाबी गर्दै थपे, ‘त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो। भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे।’

अहिलेका सरकारमा रहेका व्यक्तिहरू राज्य लुटिरहेका कारण नीद हराम हुनुपर्ने उनको तर्क छ।  

कात्तिक ९, २०८१ शनिबार १६:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।