गाजा नरसंहारको सहयोगी अमेरिकाले इरानलाई धम्क्याउँदै भन्यो ‘इजरायलमा पुन: हमला गरे नराम्रो परिणाम भोग्नुपर्ला’

गाजा नरसंहारको सहयोगी अमेरिकाले इरानलाई धम्क्याउँदै भन्यो ‘इजरायलमा पुन: हमला गरे नराम्रो परिणाम भोग्नुपर्ला’

एजेन्सी : गाजा क्षेत्रमा जारी नरसंहारमा इजरायललाई साथ दिँदै आएको अमेरिकाले इरानमा भएको हमलाको बदलामा पुन आक्रमण नगर्न इरानलाई चेतावनी दियो।

इजरायलले शनिवार इरानमा हमला गरेको थियो। इजरायलले इरानको सैनिक क्षेत्रमा हमला गरेको भन्दै जवाफी हमला सकिएको दाबी गरेको छ।

उता अमेरिकाको बाइडन प्रशासनले इरानलाई इजरायलमा बदलाको हमला नगर्न चेतावनी दियो। एक सीनियर अमेरिकी अधिकारीले इरानले पुन हमला गरेमा अमेरिका तयारी अवस्थामा रहेको चेतावनी दिए। उनले पुन हमला गरेमा इरानले यसको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ।

उनले इजरायल र इरानबीच भइरहेको हमला अब समाप्त हुनुपर्ने धारणा सार्वजनिक गर्दै अमेरिका लेबनानमा जारी रहेको युद्ध समाप्त गरेर गाज़ा क्षेत्रमा शान्ति कायम गरेर त्यहाँ रहेका बन्धकहरूलाई मुक्त गराउन अमेरिका सक्रिय रहेको बताएका थिए।

गाजा क्षेत्रमा इजरायलको नरसंहार अभियान भने जारी नै रहेको छ। इजरायलको हमलामा महिला तथा बालबालिकाहरूसमेत गरेर ४० हजार बढीको मृत्यु भइसकेको छ। सर्वसाधारणको हत्या रोक्न अमेरिकी प्रशासनले इजरायललाई दबाब बढाउनुको सट्टा उल्टो समर्थन गर्दै आएको छ।

कात्तिक १०, २०८१ शनिबार १६:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।