पाकिस्तानले जित्यो इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिज

पाकिस्तानले जित्यो इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिज

काठमाडौं : इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिज पाकिस्तानले जितेको छ। निर्णायक खेलमा इङ्ल्यान्डले लज्जास्पद पराजय व्यहोर्यो।

तेस्रो दिनको बिहान इंग्ल्याण्ड ११२ रनमै अलआउट हुँदै ‘बाजबल’ युगको सबैभन्दा न्यून योगफलमा समेटियो। पाकिस्तानलाई जितका लागि ३६ रनको सामान्य लक्ष्य मात्र आवश्यक परेको थियो।

उक्त लक्ष्य मात्र १९ बलमा एक विकेटको क्षतिमा पुरा ग¥यो । कप्तान शान मसुदले विजयी छक्का हान्दै पाकिस्तानलाई तीन म्याचको सिरिजमा २–१ को ऐतिहासिक जित दिलाए ।

पहिलो टेस्टमा १–० को अग्रता बनाएपछि इङ्ग्ल्यान्डको यो पराजय निकै असहज बन्यो। केही समयअघि मात्र इङ्ल्यान्डले मुल्तानमा ९४ वर्षपछि सबैभन्दा ठूलो स्कोर ८२३ रन बनाएको थियो। 

तर, पाकिस्तानले अत्यधिक स्पिन मद्दत दिने पिचहरू बनाएर खेलको गति नै परिवर्तन गरिदियो।

घरेलु टोलीले फ्यान, हीटर र अन्य उपकरणहरूको प्रयोग गरेर पिचलाई कृत्रिमरूपमा स्पिनमैत्री बनाएको भन्ने अड्कल भए पनि लगातार दुईवटा हार इङ्ल्यान्डको लागि ठूलो झट्का सावित भएको छ।

पाकिस्तानका स्पिनरद्वय साजिद अली र नोमान अलीले इङ्ग्ल्यान्डको कमजोरीलाई फाइदा उठाउँदै यो खेलमा १० वटै विकेट लिएर श्रृंखलामा कुल ३९ विकेटको रेकर्ड बनाए। यो टेस्टमा जहीद महमुदले मात्र एक विकेट लिँदा बाँकी सबै विकेट साजिद र नोमानले आफ्नो नाममा लेखाए। 

इङ्ल्यान्डले पहिलो पारिमा २६७ रन बनाउँदा जेम स्मिथले सर्वाधिक ८९ रन बनाउँदा बेन डकेटले ५२ रनको योगदान गरे। 

यस्तै, गुस एटिक्सनले ३९ रन बनाउँदा ज्याकक क्रलीले २९ रन बनाए। कप्तान बेन स्टोक्स १२ रनमा पभेलियन फर्किएका थिए।

पाकिस्तानले पहिलो पारिमा ३४४ रन बनाउँदै ७७ रनको अग्रता लिएको थियो। पाकिस्तानका लागि सउद शाकेलले १३४ रनको शतकीय पारि खेल्दा साजिद खान ४८ र नोमान अली ४५ रनमा आउट भएका थिए। 

कप्तान सान मक्सुदले २६ तथा मोहमद रिजवानले २५ रन  बनाउँदा सैयम अयुबले १९ रनको पारि खेले। 

७७ रनले पछि परेको इङ्ल्यान्डको दोस्रो पारि ११२ रनमा समेटियो। त्यसपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो।

इङ्ल्यान्डका जो रुटले सर्वाधिक ३३ रन बनाउँदा हेरि ब्रुकले २६ रन बनाए।

बेन डकेटले १२ रन बनाउँदा अरूको प्रदर्शन बिर्सनलायक रह्यो । खेलको प्लेयर अफ दी सिरिज पाकिस्तानका साजिद खान बने।

उनले यो सिरिजमा ७२ रन बनाउँदा १९ विकेट हात पारे।

यसैगरी तेस्रो टेस्टको प्लेयर अफ दी म्याच भने सउद सकेल बने। उनले शतकीय पारि खेलेका थिए। 

कात्तिक ९, २०८१ शनिबार १४:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।