इरानमाथि इजरायलको आक्रमणबारे साउदी अरेबियाले के भन्यो ?

इरानमाथि इजरायलको आक्रमणबारे साउदी अरेबियाले के भन्यो ?

एजेन्सी :  साउदी अरेबियाले इरानमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ।

साउदी अरेबियाले इजरायली आक्रमणलाई इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको छ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबियाले इजरायल र इरान दुवैलाई संयम अपनाउन र तनाव कम गर्न अपील गरेको छ।

यससँगै साउदी अरेबियाले मध्यपूर्व क्षेत्रमा जारी सैन्य संघर्षले गम्भीर परिणाम निम्त्याउने चेतावनी समेत दिएको छ।

साउदी अरेबियाले यस क्षेत्रको तनाव कम गर्न र जारी द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका र दायित्व निर्वाह गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको छ।

अक्टोबर १ को इरानी आक्रमणको जवाफस्वरूप इजरायलले इरानी सैन्य शिविरमा शनिबार विहान हवाई हमला गरेको थियो।

आक्रमणपछि अमेरिकाले इजरायललाई इरानको तेल र आणविक स्थलबाट टाढा रहन पनि चेतावनी दिँदै इरानलाई पनि इजरायली आक्रमणको जवाफ नदिन अपिल गरेको छ।

कात्तिक ९, २०८१ शनिबार १४:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।