इरानको आणविक र तेल भण्डारमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी

इरानको आणविक र तेल भण्डारमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन्।

बाइडेनले इजरायलसँग आफ्नो रक्षा गर्ने र महिनाको शुरूमा भएको इरानी आक्रमणको जवाफ दिने अधिकार भए पनि इरानको आणविक स्थलमा आक्रमण गरे समर्थन नगर्ने बताएका हुन्।

इरानको आणविक साइटहरूमा आक्रमणले स्थिति बिग्रन सक्ने बाइडेनको आँकलन छ। यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डबाट टाढा रहन चेतावनी दिएको छ।

बाइडेनले अक्टोबर ४ मा दिएको यसअघिको वक्तव्यमा पनि भनेका थिए, ‘यदि म इजरायलको ठाउँमा भएको भए इरानी तेल क्षेत्रमाथि आक्रमण गर्नुको सट्टा अन्य विकल्प सोच्ने थिएँ।’

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा इरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरेमा हामी पनि तयार रहने र इरानले फेरि एकपटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

अमेरिकी अधिकारीहरूले आफ्नो बयानमा भनेका छन्, ‘इजरायल र इरानबीचको प्रत्यक्ष गोलीबारी बन्द गर्नुपर्छ। हामी लेबनानमा युद्ध अन्त्य गर्न र गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई फिर्ता गर्ने प्रयासलाई अगाडि बढाउन वार्ताको नेतृत्व गर्न तयार छौँ।’

कात्तिक ९, २०८१ शनिबार १३:५१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।