इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा पुन: सञ्चालनमा

इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा पुन: सञ्चालनमा

एजेन्सी : इजरायली आक्रमण रोकिएपछि इरानले आफ्नो उडान सेवा पुन: सञ्चालनमा ल्याएको छ।

इरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा शुरू हुने जनाएको छ।

इरानमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले आफ्नो हवाई सेवा बन्द गरेको थियो।

यसअघि इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यहरूमा सटीक आक्रमण’ गरिरहेको बताएको थियो।

पछि इरानले पनि इजरायलले आफ्नो सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको थियो।

इरानको वायुसेनाले इजरायलले तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य शिविरलाई निशाना बनाएको जनाएको थियो।

उसले इजरायली आक्रमको प्रतिकार गरे तापनि केही स्थानमा भने क्षति पुगेको स्वीकारेको छ।

कात्तिक ९, २०८१ शनिबार १२:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।