२५५ रनमा समेटियो न्युजिल्यान्ड, भारतले पायो ३५९ रनको लक्ष्य

२५५ रनमा समेटियो न्युजिल्यान्ड, भारतले पायो ३५९ रनको लक्ष्य

एजेन्सी : भारत र न्युजिल्यान्डबीच पुणेमा भइरहेको दोस्रो टेस्ट म्याचमा न्यूजिल्याण्डको टिम दोस्रो इनिङ्समा २५५ रनमा समेटिएको छ।

योसँगै खेल जित्नका लागि भारतले ३५९ रनको लक्ष्य पाएको छ। तेस्रो दिनको खेल शुरू हुँदा न्युजिल्यान्डको टोलीले ३ सय १ रनको अग्रता लिएको थियो।

तर, भारतीय बलरहरूले राम्रो बलिङको प्रदर्शन गर्दै न्यूजिल्याण्डको टोलीलाई धेरै अग्रता लिनबाट रोक्न सफल भए।

यसअघि दोस्रो दिन न्युजिल्यान्डको २५९ रनको जवाफमा भारतीय टोली १५६ रनको कुल स्कोरमा सीमित भएको थियो। भारतको पहिलो इनिङ्समा कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन्।

तर, न्युजिल्यान्डको पहिलो र दोस्रो इनिङ्समा भारतीय बलरको प्रदर्शन भने केही सुधारिएको देखियो। पहिलो इनिङ्समा वासिङ्टन सुन्दरले सात विकेट लिए भने दोस्रो इनिङ्समा पनि सुन्दरले चार, अश्निनले दुई र जडेजाले तीन विकेट लिए।

तीन टेष्टको शृङ्खलामा भारत पहिले नै १-० ले पछि छ। अब उसले सिरिज बराबरी गर्न ३५९ रनको स्कोर बनाउनुपर्नेछ।

कात्तिक ९, २०८१ शनिबार ११:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।