प्रतिवेदनले औंल्याएका सत्ताधारी दलकै नेता भए पनि समातिन्छन् : मन्त्री गुरुङ
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी रकम अपचलन सम्बन्धी प्रतिवेदनले औंल्याएका सत्ताधारी दलका नेताहरू पनि अनुसन्धान आउने दाबी गरेका छन्।
एमाले लमजुङले आयोजना गरेको एक कार्यक्रमा बोल्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको भन्दै प्रतिवेदनले औंल्याएका सत्तापक्ष र प्रतिपक्ष कोही पनि अनु्सन्धानको दायराबाट नछुट्ने दाबी गरे।
उनले भने, ‘सत्तारुढ दलको, प्रतिपक्षको वा अरु जो-जो छन्, कोही पनि छुट्दैनन्। कसैले चिन्ता नलिए हुन्छ। प्रतिवेदनले औंल्याएकाहरूलाई छानबिनको दायराभित्र ल्याउन सरकारले शुरु गरेको छ।’
सुशासन स्थापनाको लागि भनेर स्थापना भएको पार्टीको नेता पक्राउ पर्दा सडक आन्दोलन भइरहेकोप्रति संकेत गर्दै उनले रास्वपाले कस्तो समाज बताउन चाहिरहेको हो भन्दै प्रश्न गरेका छन्।
कांग्रेस–एमालेका नेता भ्रष्टाचार मुद्दामा पक्राउ पर्दा उनीहरूको कार्यकर्ताले सडक आन्दोलन नगरेको भन्दै उनले न्यायापालिका र अनुसन्धान प्रभावित पार्ने गरी सडक आन्दोलन नगर्न समेत आग्रह गरे।
उनले सहकारी रकम अपचलनका सम्बन्धमा अहिलेसम्म छ सय मानिस पक्राउ परिसकेको समेत बताए।
कात्तिक १०, २०८१ शनिबार १०:५९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।