स्काइवर्थको चाडपर्व योजनामा बधाञ्जली ट्रेडलाई सम्मान

स्काइवर्थको चाडपर्व योजनामा बधाञ्जली ट्रेडलाई सम्मान

काठमाडौं : नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले सुरू गरेको ‘स्काइवर्थ सपना साकार’ योजना अन्तर्गत डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान गरेको छ।

काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काइवर्थले बधाई र सम्मान गरेको हो।

उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रालिका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरूप माइक्रोवेभ ओभन उपहार दिएका थिए।

यस्ता योजनाहरूले ग्राहकहरुसँग नजिक रहन महत्वपुर्ण भूमिका हुने कम्पनीले जनाएको छ।

यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कार स्वरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्नेछ। साथै ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ।

कात्तिक ९, २०८१ शनिबार ०९:४०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।