चिनियाँ ह्याकरहरूद्वारा डोनाल्ड ट्रम्पको फोन ट्याप गर्ने प्रयास

चिनियाँ ह्याकरहरूद्वारा डोनाल्ड ट्रम्पको फोन ट्याप गर्ने प्रयास

एजेन्सी : अमेरिकी अधिकारीहरूले चीनसँग जोडिएका ह्याकरहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका साथी सिनेटर जेडी भान्सले प्रयोग गरेको फोन वा नेटवर्कहरू ट्याप गर्ने प्रयास गरेको हुनसक्ने बताएका छन्।

स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले यसबारे समाचार प्रकाशित गरेको हो। ट्रम्प-भ्यान्सको चुनावी अभियानलाई सरकारी अधिकारीहरूले फोनमा साइबर आक्रमण हुनसक्ने चेतावनी दिइएको समाचारमा उल्लेख छ।

यता ह्यारिस-वाल्ज अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई पनि साइबर आक्रमणको निशाना बनाइएको बीबीसीले स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ।

अमेरिकी न्याय मन्त्रालय र एफबीआईले यस सम्पूर्ण मामिलामा टिप्पणी गर्न अस्वीकार गरेका छन्। एफबीआई र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआईएसए)ले संयुक्त विज्ञप्तिमा चिनियाँ आक्रमणकारीहरूले कसरी हाम्रो सञ्जाल उल्लंघन गरे भनेर अनुसन्धान गरिरहेको बताएका छन्।

घटनाको अनुसन्धान भइरहेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ। ट्रम्पको अभियानसँग सम्बद्ध व्यक्तिहरूले यो सम्पूर्ण मामिलामा डेमोक्रेटिक पार्टीलाई दोष दिएका छन्।

कात्तिक १०, २०८१ शनिबार ०८:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।