तुलसीपुरमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते

तुलसीपुरमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते

दाङ : जिल्लाको तुलसीपुरमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटना भएको हो।

मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्का रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। जिपमा पाँच जना सवार थिए। जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

कात्तिक ९, २०८१ शनिबार ०८:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।