ईसेवाबीच र फोनपोइन्टबीच साझेदारी

ईसेवाबीच र फोनपोइन्टबीच साझेदारी

काठमाडौं : फोनपोइन्ट र ईसेवाबीच साझेदारी भएको छ। नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुणस्तरीय बनाउने लक्ष्यका साथ ईसेवाले फोनपोइन्टसँग सहकार्य गरेको बताइएको छ।

प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्नका लागि नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिइएको छ।

एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरेर विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको कम्पनीले जनाएको छ।

फोनपोइन्टकासीसीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ। यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ।

यो प्रक्रिया सिधै फोनपोइन्ट एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरिकनै छिटो सेवा प्राप्त गर्न सक्नेछन्। यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथैफोनपोइन्टको विस्तार गर्न सहयोग गर्न सक्नेछन्।

फोनपोइन्ट एक एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भूत व्यवसायिक अनुभव प्रदान गर्न सक्छन्।

प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरी तिनको उपभोग गर्ने अवसर फोनपोइन्टले प्रदान गर्दछ ।

यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ ।

कात्तिक ९, २०८१ शनिबार ०८:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।