बुलिङमा आधारित श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ बजारमा

बुलिङमा आधारित श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ बजारमा

काठमाडौँ : लेखक/पत्रकार श्रीश भण्डारीले बालबालिका र किशोरकिशोरीबीच बढ्दो परपीडक प्रवृत्तिका रूपमा देखा परेको बुलिङ्मा आधारित रहेर लेखेको किशोर–उपन्यास ‘अकथित’ शुक्रवारदेखि बजारमा आएको छ।

उनले अहिलेको किशोरहरूको स्वभावमा केन्द्रित रहेर पुस्तक लेखेका हुन्। पुस्तक इटर्नल पब्लिकेसनले प्रकाशित गरेको हो।

साइवर बुलिङ अन्तर्गत पर्ने यस्ता क्रियाकलापहरूबाट बालबालिका र किशोर किशोरी पीडित हुँदै गएको अवस्थालाई ‘अकथित’ उपन्यासमा समेटिएको प्रकाशन गृहले जानकारी दिएको छ।

‘श्रीश भण्डारीज्यूको यो उपन्यास विद्यालय उमेरका किशोरकिशोरीका साथै शिक्षक र अभिभावकका निम्तिसमेत उत्तिकै पठनीय छ,’ किताबको भूमिकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझानथाक्षेँले लेखेका छन्।

भण्डारीको यो चौथो पुस्तक हो। किताबको मूल्य २७५ रुपैयाँ रहेको छ।

कात्तिक ८, २०८१ शुक्रबार २२:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।