सुर्यदर्शन सहकारी ठगीमा कास्की हिरासतमा थपिए नयाँ आरोपी, नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

सुर्यदर्शन सहकारी ठगीमा कास्की हिरासतमा थपिए नयाँ आरोपी, नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

काठमाडौँ : सहकारीको बचत ठगी र सङ्गठित अपराधमा तीन जना जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकोमा शुक्रवार थप एक आरोपी थपिएका छन्। सूर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको बचत ठगी र सङ्गठित अपराध गरेको आरोपमा शुक्रवार नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका हुन्।

सहकारीको रकम अपचलनबारे छानबिन गरेको संसदीय समितिको प्रतिवेदनमा सो सहकारीको रकम अवैध रूपमा नेचर हर्ब्समा गएको उल्लेख गर्दै कम्पनीका सञ्चालहरुमाथि छानबिन गर्न सिफारिस गरेको थियो।

खनाल सञ्चालक हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौँको पानीपोखरीमा पक्राउ गरेको हो। प्रहरीले उनलाई पनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाउने तयारी गरेको छ। खनाल गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी समेत रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई काठमाडौँमा पक्राउ गरेर पोखरा पूर्याएको थियो। उनीसहित अहिले कास्की प्रहरी हिरासतमा तीन जना अनुसन्धानका लागि हिरासतमा छन्।

कात्तिक ८, २०८१ शुक्रबार १८:३२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।