कलंकीको भाटभटेनीमा महानगरको डोजर

कलंकीको भाटभटेनीमा महानगरको डोजर

काठमाडौँ : खोलाको जग्गा मिचेर बनाएको कलंकीको भाटभटेनी सुपरमार्केट परिसरमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १४ स्थित कलंकी खसी बजारको पश्चिमतर्फ खोला किनारमा रहेको भाटभटेनी सुपरमार्केटको अनुगमनमा मापदण्ड विपरीत पर्खाल लगाएको र शौचालयको भवन बनाएको देखिएपछि शुक्रवार महानगरले डोजर लगाएर भत्काएको हो।

महानगरले अन्दाजी २ सय मिटरको पर्खाल र दुई वटा शौचालय भत्काएर अतिक्रमित क्षेत्र खाली गराएको छ।

कात्तिक ८, २०८१ शुक्रबार १७:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।