बुद्ध एयरले डेढ घण्टा यात्रुलाई कुराएर विमानमा चढाइसकेको यात्रु ओराल्यो

बुद्ध एयरले डेढ घण्टा यात्रुलाई कुराएर विमानमा चढाइसकेको यात्रु ओराल्यो

काठमाडौँ : बुद्ध एयरले भरतपुर उडाउन यात्रुहरूलाई विमानमा लगेर पनि फ्लाइट क्यान्सिल भएको भन्दै ओरालेको छ। साढे दुई बजेको U4373 कल साइन रहेको विमानको फ्लाइट ढिला गरेर चार बजेसम्म यात्रुहरूलाई कुराएको थियो।

पछि बोर्डिङ पास गराएर यात्रुहरूलाई विमानमा चढाइसके पनि फ्लाइट क्यान्सिल गरेको हो। 'विमानको इन्डिकेटर लाइटमा समस्या देखिएको' भन्दै उडान नहुने जानकारी दिएको एक यात्रुले उकेरालाई जानकारी दिए।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले यसबारे प्राधिकरणमा केही जानकारी नआएको र के भएको हो बुझ्ने बताए।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले एयर ट्राफिक होल्ड भएकाले विमान समयमा उडाउन नसकेको र भीएफआर अन्तर्गत उडाइने भएकाले भरतपुरको आजको फ्लाइट रद्द गर्नुपर्ने अवस्था आएको दाबी गरे।

कात्तिक ८, २०८१ शुक्रबार १६:१७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।