अमनदीपलाई सर्वोच्चले जमानत दिएसँगै दिल्ली मदिरा नीतिका सबै अभियुक्त जेलबाहिर

अमनदीपलाई सर्वोच्चले जमानत दिएसँगै दिल्ली मदिरा नीतिका सबै अभियुक्त जेलबाहिर

एजेन्सी : दिल्ली मदिरा नीतिमा भएको घोटालासँग सम्बन्धित मुद्दामा जेलमा रहेका अमनदीप सिंह ढललाई भारतको सर्वोच्च अदालतले जमानत दिएको छ।

योसँगै दिल्ली मदिरा नीति घोटाला प्रकरणमा जेलमा रहेका सबै अभियुक्तहरू जेलबाहिर आएका छन्।

यसको आरोपमा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया, राज्यसभा सांसद संजय सिंह र बीआरएस नेता के कविता समेत जेल गएका थिए।

सर्वोच्च अदालतमा न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति उज्ज्वल भुयनको इजलासले ४ जुन २०२४ को दिल्ली उच्च अदालतको आदेशलाई उल्ट्याएर यो निर्णय दिएको हो।

दिल्ली उच्च अदालतले सीबीआई मुद्दामा नियमित जमानतको लागि ढालको निवेदन खारेज गरेको थियो। उच्च अदालतको यो निर्णयलाई अमनदीप सिंह ढलले सर्वोच्च अदालतमा चुनौती दिएका थिए।

सुप्रीम कोर्टले सुनुवाइको क्रममा भन्यो, ‘यस मुद्दामा करिब ३०० साक्षीहरू छन्, जसलाई सीबीआईले सोधपुछ गर्नुपर्छ। अभियुक्त डेढ वर्षदेखि थुनामा छ। थप थुनामा राखेर कुनै उद्देश्य पूरा हुँदैन।’

मदिरा नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा अमनदीप सिंह ढललाई अदालतले यसअघि जमानत दिएको थियो।

कात्तिक ८, २०८१ शुक्रबार १३:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।