टिजरमै आलोचना भएपछि फिल्म ‘ह्रस्व दीर्घ’ टिम दक्षिण भारतका चर्चित कलाकार ब्रम्हानन्दमको नेपाली आवाज बदल्दै

टिजरमै आलोचना भएपछि फिल्म ‘ह्रस्व दीर्घ’ टिम दक्षिण भारतका चर्चित कलाकार ब्रम्हानन्दमको नेपाली आवाज बदल्दै

काठमाडौँ : फिल्म ‘ह्रस्व दीर्घ’ को टिजरमा दक्षिण भारतका चर्चित कलाकार ब्रम्हानन्दमको नेपाली आवाज नसुहाएको भन्दै प्रतिक्रिया आएपछि निर्माण टिमले आवाज बदल्ने भएको छ। नेपालमा समेत चर्चित रहेका कलाकार ब्रम्हानन्दमको नेपाली आवाज उनीसँग नमिलेको भन्दै प्रतिक्रिया आएपछि फिल्म निर्माण टिमले आवाज बदल्ने तयारी गरेको हो।

फिल्मका निर्माता तथा अभिनेता हरिहर अधिकारीले एक पडकास्टमा कुरा गर्दै ९९ प्रतिशत प्रतिक्रिया उनको आवाज नमिलेको भन्दै बदल्न आग्रह आएकाले उनको आवाज बदल्ने गृहकार्य भइरहेको बताए।

टिजरमा हरिहरले ब्राम्हानन्दमलाई झापड हानेको क्लिप राखिएको छ। हरिहरका अनुसार प्रारम्भमा ब्रम्हानन्दमले फिल्ममा अभिनय गर्न राजी भए पनि झापड हान्ने सिन नराख्न भनेको तर छायाँकनकोक्रममा उनी एक सिन राख्न सहमत भएको जानकारी दिए।

फिल्ममा ब्रम्हानन्दम बाहेक दक्षिण भारतीय फिल्म क्षेत्रका अन्य चर्चित कलाकारहरूले समेत अभिनय गरेका छन्।

कात्तिक ८, २०८१ शुक्रबार १३:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।