दोस्रो टेस्ट : भारत १५६ रनमा समेटियो, न्युजिल्यान्डभन्दा अझै १०३ रनले पछाडि

दोस्रो टेस्ट : भारत १५६ रनमा समेटियो, न्युजिल्यान्डभन्दा अझै १०३ रनले पछाडि

एजेन्सी : न्युजिल्यान्डविरुद्धको तीन खेलको टेस्ट सिरिजको दोस्रो दिनमा भारतीय टोली १५६ रनमा समेटिएको छ।

महाराष्ट्रको पुनेमा जारी दोस्रो टेस्टको दोस्रो दिन भारत ओभरमा रनमा अलआउट भएको हो। योसँगै आफ्नो पहिलो इनिङ्सको समाप्तीमा घरेलु टोली न्युजिल्यान्डभन्दा अझै १०३ रनले पछाडि छ।

पहिलो इनिङ्समा ब्याटिङ गर्न आएका भारतीय टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्।

दोस्रो टेस्टको पहिलो दिन भारतको पहिलो विकेटको रूपमा कप्तान रोहित शर्मा आउट भएका थिए। भारतीय कप्तानलाई टिम साउथीले खाता नखोल्दै बोल्ड गरेका थिए।

दोस्रो दिनको खेल शुरू भएको केही समयपछि भारतले शुभमन गिलको रूपमा दोस्रो विकेट पनि गुमायो। भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाउँदा शुभमन गिल र यशस्वी जैसवालले ३०-३० रनको योगदान दिए।

सोही क्रममा विराट कोहली मिचेल सान्टनरको बलमा एलबीडब्ल्यू आउट भएका थिए। उनले मात्र एक रन बनाए। न्यूजिल्याण्डका लागि सान्टनरले सात विकेट लिँदा ग्लेन फिलिप्सले दुई विकेट लिए।

तीन टेष्टको शृङ्खलामा भारत यसअघि नै १-० ले पछाडि छ। बैंगलोरमा भएको पहिलो टेस्टमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो।

कात्तिक ८, २०८१ शुक्रबार १३:०५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।