कञ्चनपुरमा ओच्छ्यानमै मृत भेटिए दम्पती, शरीरमा धारिलो हतियार प्रहार

कञ्चनपुरमा ओच्छ्यानमै मृत भेटिए दम्पती, शरीरमा धारिलो हतियार प्रहार

कञ्चनपुर : जिल्लाको लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओच्छ्यानमै मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो। त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए।

‘घटना शङ्कास्पद छ,’ उनले भने, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ।’

कात्तिक ८, २०८१ शुक्रबार ११:५२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।