भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एक जना घाइते

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एक जना घाइते

भरतपुर : चिवतनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बिहीबार राति साढे १० बजेको समयमा भरतपुर महानगरपालिका-१० नागरपालिका अगाडि चौबिसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ००१ प ४७६० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी (पूर्व) गैँडाकोटका ५० वर्षीय प्रेम परियारको टाउकोमा गम्भीर चोट लागेको र पछाडि सवार चितवनको इच्छाकामना गाउँपालिका-५ का पूर्णबहादुर परियार सामान्य घाइते भएकोमा उपचारका लागि दुवै जनालाई भरतपुर सरकारी अस्पतालम लगिएको थियो।

मोटरसाइकल चालक प्रेमको उपचारको क्रममा मध्यराति १२ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर राखेको छ।

कात्तिक ८, २०८१ शुक्रबार ०९:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।