बजाजले ल्यायो मोटरसाइकल साटासाटको अफर, पुरानोको उत्कृष्ट मूल्यांकन गर्ने दाबी

बजाजले ल्यायो मोटरसाइकल साटासाटको अफर, पुरानोको उत्कृष्ट मूल्यांकन गर्ने दाबी

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाट योजना शुरू गरेको छ।

यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटासाट गर्न सकिन्छ।

हंसराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बजाज बाइकको लोकप्रियता र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै योजना थालिएको बताए।

साथै उनले ग्राहकका लागि अझै नयाँ–नयाँ योजनाहरू ल्याउन प्रतिबद्ध रहेको समेत बताए।

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था छ।

यसका अतिरिक्त मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

यो योजना कात्तिक ८ गतेदेखि शुरू भएको छ। 

कात्तिक ८, २०८१ शुक्रबार ०८:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।