एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

काठमाडौं : एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ।

दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार खेल राति साढे ८ बजे सुरु हुनेछ।

बुधबार भएको खेलमा नेपाल यसअघिको च्याम्पियन जापानसँग ९-२ गोल अन्तरले पराजित हुँदा कतारले भने मंगोलियालाई पराजित गरेको थियो।

समूह ‘एफ’मा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।

यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ।

समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।

कात्तिक ८, २०८१ शुक्रबार ०७:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।