एजेन्टले १६ लाख लिए तर विदेश पठाएनन्, पैसा बुझाउनेहरूले एजेन्ट चिनाइदिने महिलालाई अपहरण गरे

एजेन्टले १६ लाख लिए तर विदेश पठाएनन्, पैसा बुझाउनेहरूले एजेन्ट चिनाइदिने महिलालाई अपहरण गरे

काठमाडौं : ललितपुरको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-४ बस्ने ३७ वर्षीय अमृत लामा र त्यही नगरपालिका-२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए। 

बुधबार ती महिलालाई कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएपछि महिलाले 'म अपहरणमा परें' भन्दै प्रहरीलाई फोन गरेकी थिइन्। त्यसपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र ती एजेन्टले आफ्नो १६ लाख रूपैयाँ लिई काम नगरेको पक्राउ गरेकाहरूको आरोप छ। 

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी जिसीले बताए।  

कात्तिक ७, २०८१ बिहीबार २१:०७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।