‘डाना’को प्रभावले कोशी र मधेशमा वर्षाको सम्भावना

‘डाना’को प्रभावले कोशी र मधेशमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ। 

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए। 

'समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ, उनले भने।  

कात्तिक ८, २०८१ बिहीबार २०:१७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।