'हमासले इजरायलमा आक्रमण गरेयता युरोपमा मुस्लिम विरोधी भेदभाव बढ्यो'

'हमासले इजरायलमा आक्रमण गरेयता युरोपमा मुस्लिम विरोधी भेदभाव बढ्यो'

एजेन्सी : इजरायल विरूद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले जनाएको छ।
 
‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण सुरू भएपछि धेरै ईयू राष्ट्रहरूले मुस्लिम विरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन्। 
 
'हमासको आक्रमणपछि मुस्लिम विरोधी घृणा र यहूदी विरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देशबाट आएका रिपोर्टबारे हामी सचेत छौं', एफआरएका प्रवक्ता निकोल रोमेनले बताए। 

युरोपेली सङ्घमा लगभग दुई मध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६  मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशतबाट तीव्र वृद्धि हो। 

भेदभावको सबैभन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ। 

'हामीले युरोपमा मुस्लिम समुदाय विरूद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौं, एफआरएका निर्देशक सिर्पा राउटिओले भने। 

'यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरी देखिएको अमानवीय मुस्लिम विरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ, राउटिओले बताए। 

अक्टोबर सन् २०२१ को अक्टोबर देखि  सन् २०२२ को अक्टोबरसम्म १३ वटा युरोपेली देशका ९ हजार ६ सय भन्दा बढी मुस्लिमहरूको सर्वेक्षण गरिएको थियो। 

मुस्लिम महिला, पुरूष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ। 

कात्तिक ७, २०८१ बिहीबार १८:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।