अभिनय गर्दागर्दै पलायन भएका दुई अभिनेत्रीको अमेरिकामा लफडा, भद्दा कमेन्टसहितको भिडियो सार्वजनिक

अभिनय गर्दागर्दै पलायन भएका दुई अभिनेत्रीको अमेरिकामा लफडा, भद्दा कमेन्टसहितको भिडियो सार्वजनिक

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्दागर्दै अमेरिकामा पलायन भएका दुई अभिनेत्री रुपा उपाध्याय र रञ्जना शर्माबीच तल्लो तहको गाली गलौचसहितको झगडाको दृश्य सार्वजनिक भएको छ।

दशैँ मनाउन एक अर्काको घरमा बसेका उनीहरुबीच व्यक्तिगत विषयमा विवाद भएको देखिन्छ। विवादको भिडियो रुपाले सार्वजनिक गरेकी हुन्। सार्वजनिक भएको भिडियोमा दुवैले एक अर्काको चरित्रबारे तल्लोतहको आरोप-प्रत्यारोप गरेका छन्।

सार्वजनिक भएको पहिलो भिडियोमा रुपाले आफ्नो घरमा रहेको रञ्जनाको सामान फाल्दै गरेको देखिन्छ। सो भिडियोमा दुवैले एक अर्काको चरित्रबारे तल्लोस्तरको गाली गरिरहेका छन्। रुपाले रञ्जनाको सामान फालिरहेकी छिन् भने रञ्जनाले एक युवाको सहयोगमा सामान गाडीमा राखिरहेकी छिन्।

रुपाले सार्वजनिक गरेको दोस्रो भिडियोमा रञ्जनालाई आफैँले दशैँ मनाउन आफ्नो घरमा बोलाएको तर उनले आफूलाई मार्छु, घरबाट निकाल्छु भनेर कुटपिट समेत गरेपछि घरबाट निकालेको उनले दाबी गरेकी छिन्।

स्पष्टीकरण दिन रुपाले सार्वजनिक गरेको भिडियोमा उनले आफूलाई आफ्नै घरमा घरबाट निकाल्छु अनि मार्छु भनेर आक्रमण गरेपछि आफूले प्रतिरक्षाका लागि घरबाट निकालेको र भिडियो बनाएको उनले दाबी गरेकी छिन्। उनले दोस्रो भिडियोमा कोतरिएका घाउँहरु देखाउँदै रञ्जनाले आफूमाथि आक्रमण गरेको दाबी गरेकी छिन्।

घटनाबारे रञ्जना भने मौन छिन्। रुपाका अनुसार एकअर्काबीच दिदीबहिनीको सम्बन्धमा रहँदै आएकाले दशैँमा उनले रञ्जनालाई घरमा बोलाएकी हुन्। रञ्जनाले घर छाड्न नमानेपछि र काट्छु, मार्छु जस्ता शब्द बोलेपछि दुबैबीच झगडा भएको देखिन्छ।

भिडियो हेर्दा रञ्जना शर्मा र रुपा उपाध्यायबिच अमेरिकाको बोस्टनस्थित घरमा झगडा भएको देखिन्छ। रुपाले रञ्जनाको सरसामानहरू निकालिदिएकी छन् भने रञ्जनाले यही अन्तिम भेट हो भन्दै आफ्ना सामान गाडीमा हालेकी छन्।

रुपाले सेयर गरेको भिडियोमा रञ्जनाको कपडादेखि सुटकेससम्म घरबाट मिल्काएको देख्न सकिन्छ। रुपाले घरको भर्याङ र सडकमा निकालिदिएको सामान रञ्जनाले एक युवकसँग मिलेर गाडीमा हालेको भिडियोमा देख्न सकिन्छ।

रञ्जनाले आफ्ना सामान उठाउँदै गर्दा रुपालाई भनेकी छन्,‘अब भेट्दा तेरो अन्तिम अवस्था होस्।’

रुपाले यस घटनाको बारेमा भनेकी छन्,‘मेरोमा आएको गेस्टले मलाई नानाथरी भनेर गाली गर्न थाल्यो। त्यसपछि मैले यस्तो त राम्रो होइन, तिमी आफ्नो बाटो लाग भनेँ। उसले उल्टै तलाइँ तेरै घरबाट निकाल्छु भन्यो। मान्छे पठाएर मार्न लगाउँछु समेत भन्यो। त्यस्तो भन्ने मान्छेलाई घरमा राख्नु त भएन नि।’

अभिनेत्री रञ्जना शर्माले ‘ध्रुव तारा’,‘सञ्जीवनी’, ‘मौसम’, ‘इज्जतदार’, ‘सलाम छ मायालाई’ लगायत फिल्ममा अभिनय गरेर अमेरिका पलायन भएकी थिइन्। यता रुपा उपाध्यायले ‘को होला मेरो मायालु’ लगायतका फिल्ममा अभिनय गर्दा गर्दै अमेरिका गएकी थिइन्।

कात्तिक ७, २०८१ बिहीबार १७:३७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।