साफ महिला च्याम्पियनसिप : भुटानसँग माल्दिभ्सको लज्जास्पद हार, भुटान सेमिफाइनल प्रबेश

साफ महिला च्याम्पियनसिप : भुटानसँग माल्दिभ्सको लज्जास्पद हार, भुटान सेमिफाइनल प्रबेश

काठमाडौं : भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो।

भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक/एक  गोल गरे।

देकी लाजोमले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ  मिनेटमा गोल गरिन्। 

यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थपे।  

पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो। 

अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ। श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ। 

नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ।  

कात्तिक ७, २०८१ बिहीबार १७:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।