पिङ खेल्न आएकी ८ वर्षिया बालिका बलात्कारको आरोपमा सशस्त्रका दुई प्रहरी पक्राउ

पिङ खेल्न आएकी ८ वर्षिया बालिका बलात्कारको आरोपमा सशस्त्रका दुई प्रहरी पक्राउ

काठमाडौँ : पिङ खेल्न आएकी ८ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा अर्ध सैनिक बल सशस्त्रका दुई जना सुरक्षाकर्मी पक्राउ परेका छन्। सशस्त्र प्रहरी दाङको २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका हुन्।

सशस्त्रले दशैँमा देशभर जनसम्पर्क बढाउने भन्दै पिङ बनाएको थियो। असोज २४ गते सशस्त्रका दुवै प्रहरीले बालिका बलात्कार गरेको आरोपमा पक्राउ परे। उनीहरूलाई सशस्त्रकै टोलीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका थिए।

कात्तिक ७, २०८१ बिहीबार १५:५६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।