१८ अङ्कले ओरालो लाग्यो नेप्से, कारोबार रकम ५ अर्ब ४१ करोड
काठमाडौं : शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सिमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ।
कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा खरिदबिक्री भएको छ।
नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाए।
रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन्।
कात्तिक ८, २०८१ बिहीबार १५:४६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।