थाइल्याण्डमा साम्राज्ञीलाई अभिनय गराइएको एउटा म्युजिक भिडियोको लगानी ६० लाख!

थाइल्याण्डमा साम्राज्ञीलाई अभिनय गराइएको एउटा म्युजिक भिडियोको लगानी ६० लाख!

काठमाडौं : नेपाली म्युजिक भिडियो इतिहासमा संभवत: सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ। दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढि रहेको निर्देशक सञ्जय न्यौपानेले दाबी गरे।

भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन्। 

अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन्। गीतको एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो।

गीतमा थाइल्याण्डका महंगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ। सार्वजनिक तस्विरमा साम्राज्ञी आकर्षक लुक्समा प्रस्तुत छिन्। साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्विरमा देख्न सकिन्छ। 

गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो)र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर छ। सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्। 

लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन्। 

कात्तिक ७, २०८१ बिहीबार १५:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।